सुरुङ्ग बनाउने कम्पनीले ठगी गरेको महतको आरोप

हेटौडा न्युज
९ पुष २०७६, बुधबार ००:१८
;

हेटौंडा कुलेखानी, काठमाडौं सुरुङ्ग मार्ग निर्माण गर्ने कम्पनिले वगत तिसौं वर्षदेखि जनता ठग्दै आएको नेता भिमशेन महतले आरोप लगाएका छन् ।

विगत लामो समयदेखि नेपाल पुर्वाधार विकास कम्पनीले जनता ठग्दै आएको महतको आरोप छ । कम्पनीले नेपाल सरकारबाट वि.सं. २०६८ भदौ २० गते १५९ जना संस्थापक शेयर धनीसहित कम्पनी रजिष्टार कार्यालयमा दर्ता भई २०६९ साल असारमा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको अनुमती लिएको थियो ।

कम्पनीले स्थानीय जनतासँग लगानीको ५ सय प्रतिशत नाफा हुने आश्वासन देखाउदै रकम संकलन गरी जनतालाई ठग्दै आएको बताएका छन् । कम्पनीले सुरुङमार्गका कुल लगानी ३५ अर्ब हुने जनाएर जसको २० प्रतिशतले हुन आउने ७ अर्ब रकम शेयरधनीबाट लगानी हुनुपथ्र्यो तर कम्पनीले त्यसो नगरेको महतको आरोप छ ।

""

कम्पनीले स्थानीय तथा विभिन्न संस्थाबाट करिब ३९ करोड रुपैँया संकलन गरेको महतले बताए । जसमा संस्थापक संञ्चालक मुख्य ९ जना, कुश कुमार जोशी एघार लाख, जयराम लामिछाने, प्रदिप जङ्ग पाण्डे, सकुन्तला हिराचन, विक्रम पाण्डे, सिद्धिलाल श्रेष्ठ क्रमशः दश–दश लाख, सुभाष चन्द्र ठकुरी एक लाख पचास हजार, मोहन बस्नेत एक लाख रराजुमान महर्जनले पन्ध्र हजार लगानी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

महतले लगाएका आरोपहरु यस प्रकार छः

""

""

महतले विज्ञप्तिमा जनाए अनुसार कम्पनी सुरुङ्ग मार्ग निर्माण गर्नका लागि नभई कम्पनीका तत्कालिन अध्यक्ष कुश कुमार जोशीको योजनामा स्थानिय जनता ठगी गर्नका लागी स्थापना गरेको बताएका छन् ।

महतका अनुसार नेपाल सरकारले त्यस्ता कम्पनी तत्काल खारेज गरी कारवाहि गर्नु पर्नेमा हाल सम्म पनि कम्पनीकै संरक्षणमा लागेको र सरकारले यस्ता कार्य बन्द गरी कम्पनीका दोषीलाई कारवाहि गर्न आग्रह समेत गरेका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*