वृद्धहरूलाई लिंकेज टेक्निकल एकेडेमीको दिवा खाजा

हेटौंडा ४ स्थित लिंकेज टेक्निकल एकेडेमीले मंगलबार बृद्ध आश्रमका वृद्धहरूलाई दिवा खाजा खुवाएको छ ।
व्यवसायसंगै सामाजिक काम गदै आएको एकेडेमीले हेटौडा २ चौकिटोलको ॐ बृद्ध आश्रममा आश्रममा आश्रित ३५ वृद्धहरुलाई दिवा खाजा खुवाएको हो ।
एकेडेमीमा हाल संचालनमा रहेको मन्टेश्वरी शिक्षक तालिमका सहभागीहरूलाई सामाजिक सेवाको अनुभुती गराउने उद्देश्य र सामाजिक सेवामा एकेडेमीलेको भुमिका अभिवृद्धि गर्नेका लागि आश्रममा दिवा खाजा खुवाएको एकेडेमीका प्रवन्धक गिरिजा अधिकारीले बताएका छन् ।
सिटिइभिटी तथा सामाजिक विकास मन्त्रालयबाट अनुमती प्राप्त एकेडेमीले अध्ययन अध्यापनका संगै विद्यार्थिहरुलाई सामाजिक कार्यमा पनि सहभागीता जनाउन यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।