हेटौंडामा खाद्य प्रयोगशालाको निर्माण गरिने
प्रदेश राजधानीमा हेटौंडामानै प्रयोगशाला निर्माण गर्ने तयारी भएको छ । खाद्य वस्तु जाँच गर्नका लागि प्रदेश नम्बर ३ सरकारले प्रयोगशालाको निर्माण गर्ने भएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपभोक्ता हक हितका लागि प्रदेशले खाद्ययवस्तु प्रयोगशाला निर्माण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले जानकारी दिनुभयो ।
खाद्य प्रयोगशाला निर्माणका लागि मन्त्रालयले ९० लाख रुपैयाँ चालु आर्थिक वर्षको बजेटमा छुट्याएको छ ।
खाद्य प्रयोगशाला सकेसम्म हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको र अहिले जग्गाको खोजी भईरहेको मन्त्री नेपालका निजी सचिव नवराज पुणासैनीले जानकारी दिनुभयो ।