सडक दुर्घटनामा परि दुईजनाको मृत्यु

हेटौडा न्युज
९ पुष २०७६, बुधबार १९:०२
;

सडक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।  सप्तरीको रुपनी गाउँपालिकास्थित वीरेन्द्र बजारमा भएको दुर्घटनामा दुई जना र सुरुङ्गा नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

स १०प ८२५ नम्बरको मोटरसाइकल र ज १ च १३८१ नम्बरको जीप आपसमा ठोक्किदाँ मोटरसाइकल चालक सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षीय राकेश यादव र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका ३२ वर्षीय प्रभास यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुवैजनाको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जीप चालक उदयपुरको कटारी नगरपालिका १ का ललित माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*