मकवानपुरको बतासेमा धुँवाको मुस्लो, विमान दुर्घटनाको आशंका

मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र वैकया गाउँपालिका १२ को सीमामा ठूलो आगोको मुस्लो र धुँवा देखिएको र त्यहाँ कुनै दुर्घटना भएको आशंकामा प्रहरीले गरेको छ ।
स्थानिय बासीन्दाले प्रहरीलाई खबर गरे पछि प्रहरी धुवा आएको स्थान तर्फ गएको मकवानपुरका प्रहरी उपरीक्षक९एसपी० मुकेश सिंहले बताएका छन् । उनका अनुसार आगो र धुँवाको मुस्लो देखिएको स्थानमा प्रहरी पुग्न दुई घन्टा लाग्ने बताएका छन् ।
वकैया गाउँपालिका वडा नम्बर १२ का सचिव लक्ष्मण घिमिरेका अनुसार सुकौरा र वैकया गाउँपालिका १२ को वतासे लेकमा ठूलो धुँवा मुस्लो देखिएको बताएका थिए ।
यो समचार तयार पार्दा सम्म धुवाको मुस्लो देखिनुको कारण खुल्न सकेको छैन् ।











