अज्ञात समुहद्वारा वडा कार्यालयको रकम लुटपाट 

हेटौडा न्युज
९ पुष २०७६, बुधबार १९:२०
;

वडा कार्यालय फुटाएर अज्ञात समुहले रकम लुटपाट गरेको छ । गुल्मीस्थित मालिका गाउँपालिका–७ को मंगलबार राती वडाध्यक्षको कार्याकक्षसहित वडा कार्यालय भवनका अन्य कोठाहरु पनि फुटाएर लुटपाट मच्चाएको हो ।

वडा कार्यालय तोडफोड भएको जानकारी पाएपछि अहिले जनप्रतिनिधिहरु त्यसतर्फ जाँदै गरेको बताईएको छ ।

 आवश्यक अनुसन्धान गर्न मुर्भुङ्ग प्रहरी चौकीबाट पनि प्रहरीहरु घटनास्थलमा पुगेका छन् । तोडफोड र लुटपाटबाट भएको क्षतिबारे स्पष्ट जानकारी  भने आइसकेको छैन । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*