नगरपालिकाको कार्यालयमा फेसबुक प्रतिबन्ध 

हेटौडा न्युज
९ पुष २०७६, बुधबार १९:३९
;

इन्टरनेट सेवाबाट सञ्चालन हुने कामकाजमा पनि समस्या हुने र दैनिक काम नै प्रभावित हुने भएपछि बाजुराको बडिमालिका नगरपालिकाले कार्यालयमा सामाजिक सञ्जाल फेसबुकलाई प्रतिबन्ध लगाएको छ । 

कार्यालय समयमा धेरै फेसबुक चलाउने, कामकाज कम गर्ने, सेवाग्राही प्रति उत्तरदायी नहुने समस्या देखिएकोले कार्यालय अवधिभर बन्देज गर्ने निर्णय गरेको हो ।

फेसबुक बन्देज गर्ने निर्णयसँगै प्रविधि शाखाले अनलाइन र अन्य सबै साइट खोल्ने, तर फेसबुक नचल्ने बनाएको सूचना अधिकारी हेमबहादुर थापाले बताएका छन् । नगरपालिकाले वर्ल्ड लिंक नामक प्राइभेट इन्टरनेट जडान गरेको छ। 

विद्यालय, वडामा जनप्रतिनिधि, कर्मचारी र शिक्षक फेसबुकमा व्यस्त हुने र अन्य कामकाज प्रभावित हुने भएकोले बाध्य भएर नगरपालिकाले फेसबुक सञ्चालन गर्न बन्देज गरिएको नगर प्रमुखले पदम बडुवालले बताएका छन् ।

निर्णय कर्मचारी तथा जनप्रतिनिधि सबैका लागि गरिएकोले कसैले पनि चलाउन नपाउने बताइएको छ। निर्णय नमाने कार्य सम्पादन मूल्यांकनमा कमजोरी देखाउने तयारी नगरपालिकाको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*