दाङको मुसोटखोलामा बस दुर्घटना, २१ जना घाइते 

हेटौडा न्युज
९ पुष २०७६, बुधबार १९:४३
;

दाङको मुसोटखोलामा यात्रु बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

दाङको तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको रा १ ख १४८९ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ को मुसोटखोलाको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान पत्ता लागेको प्रहरीले जानएको छ ।

घाइते मध्ये दुईजनालाई गम्भीर चोट लागेको छ भने अन्य यात्रु सामान्य रहेकक छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*