मकवानपुर प्रहरीको गाँजा फडानी अभियान दोस्रो चरणमा
मकवानपुर प्रहरीले गाँजा र अफिम फडानी गर्र्न दोस्रो चरणको अभियान सुरु गरेको छ । पहिलोचरणमा गाँजा र अफिम फडानी गर्न बाँकी रहेका क्षेत्रमा दोस्रो चरणको अभियान सुरु गरेको हो जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजा तथा अफिम फडानी एवं लागू औषधको रोकथाम तथा नियन्त्रणको लागि विशेष अभियान अन्तर्गतको दोस्रो चरणमा यस कार्यालय तथा मातहत समेतबाट सुरु गरिएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा ३७ जनाको टोलीले मकवानपुरको राक्सिराङ गाउपालिका वडा नंम्बर ४ को बिन्देस, धुम्बा भन्ने स्थानमा गाँजा ५ बिगाहा र अफिम ४ बिगाहा फडानी गरी नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक रंगलाल यादवको कमाण्डमा २० जनाको टोलीले मकवानपुर राक्सिराङ् गाउँपालिका वडा नंम्बर ९ को मेताङसी र लाईवाङमा गरी गाँजा २ बिगाहा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।