बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार १८:१७
;

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको उपचारका क्रममा  मृत्यु भएको छ ।

बसपार्क जाँदै गरेको ना ४ ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो ।

बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*