कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गर्ने राई पकाउ
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमाण राईलाई पक्राउ गरेका छन् । प्रहरीले धरान उपमहानगरपालिका–१५ सहिद मार्ग बस्ने ४३ वर्षीय काजिमान राईलाई पक्राउ गरेका हुन् ।
घरायसी विवादको कारण काजिमानले ३६ वर्षीया श्रीमती रमिला राईलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कुटपिटबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।











