क्रिकेट रंगशालालाई जिग्री र पाँडेले दिए को बन्छ करोडपतिको रकम

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार २०:२५
;

 गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन् ।

दुबै कलाकारले एपी वान टेलिभिजनबाट प्रसारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनबाट खेल खेलेर जितेको उक्त रकम धुर्मुस–सुन्तली फाउण्डेशनलाई प्रदान गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै दुवै कलाकारले  करोडपतिबाट जितेको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गराएको जनाएका छन् ।

उनीहरुले स्टाटस् लेखेका छन् ‘ जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल र अर्जुन घिमिरेले एपि वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान ।’ 

""

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*