नगर प्रहरीको ज्यादती रोक्न माग गर्दै बुटवलमा प्रदर्शन
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बुटवलमा नगर प्रहरीले दुःख दिएको भन्दै बिरोध प्रदर्शन गरेको छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रहरीले आफुहरुमाथि ज्यादती गरेको र सो कार्य तत्काल रोक्न माग गर्दै बुटवल उपमहानगरपालिकाविरूद्ध स्वरोजगार मजदुरले प्रदर्शन गरेका हुन् ।
स्वरोजगार मजदुरहरुलाई नगर प्रहरीले कुटपिट गर्ने गरेको कारण विरोधमा सडकमा उत्रिएको संघर्ष समितिले बताएको छ ।
बुटवल बसपार्कबाट सुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिकचोक हुँदै उपमहानगरपालिका गेटमा पुगेको थियो ।
बुधबार नगर प्रहरीको टोलीले सडकको फुटपाथ भन्दा बाहिर बदाम बिक्री गर्दै गरेका स्वरोजगार कृष्ण अर्यालमाथि कुटपिट गरेको समितीले जनाएको छ ।
संघका अनुसार आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म सघर्ष जारी रहने बताएका छन् । समितीले स्थानीय सरकारले उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
‘बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै बुटवल उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा ठेला रिक्सामा सामान बिक्री गर्न दिएको छैन । आन्तरिक राजश्व कार्यायको साइनतर्फको फुटपाथ छाडेर बिक्री गर्न छुट दिएको छ । बुटवलमा झण्डै एक हजार स्वरोजगार मजदुर छन् ।