प्रहरी निरीक्षक र हवल्दार घुससहित रङ्गेहात पक्राउ 

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार २१:५५
;

रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ गरेको छ । 

रुपन्देहीको  गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र  प्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अदुआ बुटवलका प्रवक्ता सुरेश भुषालले जानकारी दिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*