२२९ जना कर्मचारी स्थायी नियुक्तिको माग गर्दै आन्दोलित

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार १७:५७
;

जुम्लाका २२९ जना कर्मचारी स्थायी नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका कर्मचारीहरुले लामो समय सेवागर्दा पनि स्थायी लगायत सेवा सुविधामा प्रतिष्ठानले बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन् ।

ज्ञापन पत्रमा भनिएको छ, कर्णालीकै स्वास्थ्य क्षेत्रको धरोहर र सम्पति मानिने प्रतिष्ठानमा लामो समय देखी कार्यरत हामी करारका कर्मचारीहरुलाई स्थायी गरिनुपर्ने भएता पनि हालसम्म सुनुवाई नभएको र पुष १४ गते हुने सिनेट वैठकमा प्रस्ताव लिन अनुरोध गरिएको छ । ज्ञापन पत्रमा २०७६ साल मंसिर १० गते दिएको निवेदन बेवास्ता गरिएकाले आन्दोलित हुनुपरेको बताएका छन् । यो बिषयमा सुनुवाई नभएमा पुष ११ गतेबाट नै आन्दोलन कार्यक्रम सार्वजनिक गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

उनिहरुले ज्ञापन पत्र प्रतिष्ठान बुझाउँदै पुष १४ गते हुने सिनेट बैठकमा प्रस्ताव लैजान तयारी गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सिनेट बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपीशर्मा ओलीको अध्यक्षतामा सिनेट बैठक बस्ने भएको छ । यता रामाकान्त उपाध्यायको संयोजकत्वमा करारका कर्मचारीलाई एक संघर्ष समिति समेत गठन गरिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*