मुआब्जा माग्दा चिमोटेर मार्ने धम्की, २० जनाले छाडे गाउँ 

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार १९:०३
;

सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको नाममा स्थानीयबासीमाथि ज्यादती बढ्दै गएको छ। जलविद्युत् आयोजनाका लगानीकर्ताहरुले गुण्डा परिचालन गरेर स्थानीयमाथि धम्की र कुटपिटसम्मका ज्यादती गरिरहेका छन्।  

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ मा निर्माणाधीन अप्पर बलेफी जलविद्युत् आयोजनाले सरकारले तोकेको मुआब्जासमेत स्थानीयलाई नदिइ त्रास देखाएपछि गाउँले पलायन हुन बाध्य भएका छन्।  जलविद्युत् सञ्चालनक र उनीहरुले परिचालित गरेका गुण्डा हरुको धम्कीपछि त्यहाँका २० जनाले बासिन्दाले गाउँ छाडिसकेका छन्। स्थानीय सातजनालाई मार्नेसमेत धम्की दिइएको स्थानीयबासीले पबताएका छन्।

मुआब्जाको बिषयलाई लिएर जलविद्युत् आयोजना सञ्चालक उमेश कसजूले स्थायीयलाई धम्की दिने गरेको गुनासो गाउँलेले गरेका हुन्। मुआब्जाका बिषयमा बलेफीमा सार्वजनिक सुनुवाइ पनि भइसकेको छ। तर जलविद्युत् आयोजना सञ्चालकले कयौँ स्थानीयबासीलाई मुआब्जा नदिइ पेलेर अघि बढेका छन्। जसले गर्दा आयोजना प्रभावित स्थानीयबासीले अहिलेसम्म मुआब्जा पाउन सकेका छैनन्।  

सरकारले तोकेको दर अनुसार आयोजना प्रभावितहरुको जग्गाको मुआब्जा दिने सहमति कम्पनीले गरिसकेको छ। तर मुआब्जा माग्दा काठमाडौंको बौद्ध आसपासमा गुण्डागर्दी गर्दै आएका सञ्जय लामासहितलाई जलविद्युत् आयोजना सञ्‍चालकले परिचालित गरेर कुटपिट गर्न लगाएका छन्।

गुण्डाहरुको समूहलाई स्थानीयबासीमाथि कुटपिट गर्न लाएपछि आक्रोशित गाउँलेले ढुंगामुढा गरेका थिए। गाउँलेले केही महिना अघि जलविद्युत् सञ्चालक र गुण्डाहरुको समूहका गाडी पनि तोडफोड गरिदिएका थिए। मुआब्जा माग्नेहरुलाई जलविद्युत् सञ्चालकले सदरमुकाममा चौतारामा बोलाएर धम्की दिएको गाउँलेहरु बताउँछन्।

जलविद्युत् आयोजना सञ्चालकहरुको ज्यादतीका कारण उनीहरु आफ्नो नाम खुलाउन पनि मान्दैनन्। ३६ मेगावाटको अप्पर बलेफी जुगल गाउँपालिका ३ र २ को पाङ्गपु, बोल्दे, लिदी लगायतको क्षेत्रमा निर्माणाधीन अवस्थामा छ। ३४ जनाको  जग्गाका लागि १८ लाख रकम छुट्याएको सञ्चालक उमेत कसजू बताउँछन्। करिब ४५ रोपनी जग्गाको लागि ५ लाख ४८ हजार १ सय ५० रुपैयाँ रकम छुट्याएको उनले जनाए।  ‘मुआब्जाको वितरण गर्दासमेत गुण्डा लगाएर प्रतिरोपनी डेढ लाख रुपैयाँ लिने भए लिई, नत्र ज्यानसमेत तलमाथि पर्ने सक्छ,’ एक पीडितले भने।सञ्चालकले मनलाग्दी ढंगबाट स्थायीलाई धक्काएर आफ्नो काम अगाडि बढाएको स्थानीयले गुनासो गरेका छन्।

केही समयअघि सञ्चालक कम्पनीले मुआब्जाको विषयमा स्थानीयलाई मार्नेसम्मको धम्की दिएको भन्दै प्रहरी कार्यालयमा उजुरी आएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।  ‘मुआब्जाको बिषय सञ्चालकले मनलाग्दी गरे, ज्यानै मार्नेसम्मको धम्की दिएको भन्दै स्थानीयले उजुरी दिएका  थिए’ प्रजिअ चेम्जोङले थाहाखबरसँग भनिन्, ‘तर, त्यसबिषयमा पछिल्लो समयमा के भइरहेको छ। त्यो जानकारी पाएको छैन।’  

जनप्रनितिधिनै भाग्ने अवस्थामा निर्माणधीन अप्परबलफी ३६ को हाइड्रो ज्यादतीकै कारणले जनप्रतिनिधिलेसमेत गाउँ छोड्नपर्ने अवस्था आएको छ। जनप्रतिनिधिले स्थाीयलाई कामको बिषयमा कुरा गर्दासमेत सञ्चालक समितिबाट मार्ने धम्की दिने गरेको बताउँछन्। ‘नियम विपरीत काम गरेको भन्दै जनप्रतिनिधिले आलोचना गरेपछि चिमोटेर फाल्छु भनेका छन्, वडा सदस्य पनि भाग्ने अवस्था पुगेका छन्’, जुगल गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य हिमाल पाख्रिनले भने।  जुगलमा जलविद्युत् आयोजना धेरै भएकोले यस्तो समस्या आएको उनको भनाइ छ। जुगल गाउँपालिकामै चारवटा आयोजना निर्माणाधीन छन्।

त्यस पालिकाले छिमिकी मुलुक चीनलाईसमेत छोएको छ।  पुलिस र प्रशासनलाई खबर गर्न खोज्दा सञ्चालकले गुडागर्दी शैलीमा धम्काउने गरेको स्थानीयको गुनासो छ।  विवादमा गयो एकको ज्यान मुआब्जाको विवादमा माइला भनिने एकजना स्थानीयको ज्यानसमेत गएको छ। केही साता पहिले भएको झडपमा उनको ज्यान गएको हो। सञ्चालकले आफैँ मूल्य तोक्दै स्थानीयलाई धम्क्याउने गरेका छन्। प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई बोलाएको भन्दै कुटपिटका  क्रममा उनको ज्यान गएको थियो। स्थानीको गुनासोपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाईसमेत ऊर्जा मन्त्रालयले पत्राचार गरेको थियो। तर, त्यस बिषयमा गाउँपालिकालाई समेत कुनै जानकारी छैन।  लिदी गाउँका बासिन्दाले विरोध गरेकै कारण सञ्चालकले परिचालन गरेका गुण्डा को कुटपिटबाट ती युवाको ज्यान गएको हो।

त्यस विवादलाई स्थानीय प्रहरीले समेत ढाकछोप गरेको स्थानीयले आरोप लगाएका छन्। प्रहरी भन्छ, ‘घटना थाहै छैन’ मुआब्जाको विवादमा कुटाई खाएर एकजनाको ज्यान जाँदासमेत प्रहरी, प्रशासन र जनप्रनितिधि अनविज्ञ छन्। अप्पर बलेफी विवादको बिषयमा अहिलेसम्म कुनै जानकारी नआएको नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए।  

‘जिल्लामा अहिलेसम्म यसको विषयमा खबर आएको छैनु, उनले भने, ुइलाका प्रहरी कार्यालयतिरै आएको भए थाहा छैन।’ प्रमुख जिल्ला अधिकारीलेसमेत घटनाबारेमा निवेदन आएपछि थाहा पाएको बताए। तर प्रहरीले घटनाबारे जानकारी नै नआएको बताउँदै आएको छ। स्थानीयले प्रहरीले नै घटना ढाकछोप गर्न लागेको आरोप समेत लगाएका छन्।

घटना भएको सुनेका हौँ स् जनप्रतिनिधि निर्माण कम्पनी र स्थानीयबासीबीच मुआब्जाको बिषयमा विवाद भएको जुलग गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले स्वीकार गरिन्। कम्पनीले सार्वजनिक सुनुवाई गर्दासमेत पीडित पक्षलाई समावेश नगरेको उनको भनाइ छ।  ‘सार्वजनिक सुनुवाई गर्दा सञ्चालकले केही प्रतिनिधिलाई मात्रै बोलाएको रहेछ। त्यही बिषयमा स्थानीयले कुरा उठाउँदा झडप भएको सुन्‍नमा आएको हो,’ उनले भनिन्, ‘तर त्यसबारेमा जनप्रतिनिधिलाई समेत जलविद्युत् सञ्चालकले कुनै जानकारी गराएकै छैनन्।’ स्रोत : थाहाखबर
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*