सुमो दुर्घटना अपडेटः हालसम्म ६ जनाको ज्यान गयो

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार ०१:४८
;

आज अपरान्ह भएको सुमो दुर्घटनामा परी हाल सम्म ६ जनाको ज्यान गएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना. १ ज ३४३३ नम्बरको टाटा सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ ओखरडाँडाको भीरबाट खसेको थियो । दुर्घटनामा सो भीरबाट करीब ३ सय मिटर तल खसेको थियो । 
सुमो दुर्घटनामा परी चन्द्रनिगाहपुको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका शिक्षक मनिष विश्वकर्मा र उनकी श्रीमती सृजना विश्वकर्मा, रौतहट चन्द्रपुर नगरपालिका मिलनचोकका केदार तिमल्सिना, सिन्धुली दुधौली नगरपालिका ५ का नेत्रमान रुचाल र उनको श्रीमती भक्तकुमारी रुचालको ज्यान गएको छ । अर्का एकजनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
सो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा ज्यान गएको हो । सुमोका चालक हेटौंडा–१७ का अनिल विश्वकर्मासहित सवार अन्य घाइतेहरुको काठमाडौमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण तीब्र गति रहेको प्रहरीले अनुमान गरेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*