दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार १८:३५
;

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचथर सदरमुकाम फिदिम बजराको बुद्ध मार्गमा गएराति दुर्घटना हुँदा  फिदिम नगरपालिका – २ ओदिन निवासी स्कुटर चालक बिष्णु इङ्वा लिम्बूको मृत्यु भएको हो। 

घाइते इङ्वालाई उपचारका लागि पाँचथर अस्पताल लगेपछि राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको हो ।

 इङ्वा अपांगता भएका व्यक्ति हुन्। उनले तीन चक्के अपांगमैत्री स्कुटर चलाउने गरेको पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। 

यसमा तपाइको मत

Your email address will not be published.


*