पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसः हेटौँडामा प्रभातफेरी
-1577502866-1577523626.jpg)
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) हेटौंडाको आयोजनामा प्राधिकरणको स्थापना दिवसमा प्रभातफेरी गरीएको हो ।
हेटौँडा–४ स्थित भुटनदेवी स्कुलको प्राङगनबाट प्रभातफेरी शुरु गरी बजार परिक्रमा सहित सिद्धार्थ माविमा पुगेर प्राधिकरणको कामको बारेमा प्रगती समिक्षा तथा छलफल गरीएको थियो ।
छलफलका क्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइले हेटौंडाले हालसम्म जिल्ला भर कार्यप्रगति बारे जानकारी गराइएको थियो ।