प्रभु हस्पिटलमा दुई महिलाको मृत्युपछि भर्ना र शल्यक्रिया बन्द

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार २१:०८
;

हालै विरगंजमा सञ्चालनमा आएको प्रभु हस्पिटलमा शल्यक्रियाको क्रममा दुई महिलाको मुत्यु भएको छ । प्रसुती गराउन आएका बारा पचरौता–१ पिपरपाती निवासी २५ वर्षीया सुनीतादेवी ठाकुर र वीरगंज–३ भगवती टोल माइती भएकी ३० वर्षीया अमृता श्रेष्ठको शल्यक्रियाको क्रममा मृत्यु भएको हो । 

अमृताको प्रभु हस्पिटलमै मृत्यु भएको हो भने उपचारको लागि चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा रिफर गरिएको सुनीताको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सुनीताको शल्यक्रियाबाट पुस ८ गते राति छोरा जन्मिएको थियो । 

शल्यक्रिया गरी बच्चा निकालिएको अमृताको बच्चा प्रभु हस्पिटलकै एनआइसियुमा उपचाररत छ । अस्पताल पक्षले बच्चालाई केही नहोस् भनी कडा निगरानीमा उपचार भइरहेको जनाएको छ । अर्की मृतक सुनीतादेवी ठाकुरबाट जन्मेको बच्चा परिवारजनसँग चितवन लगिएको अस्पताल पक्षले जनाएको छ। 

अमृता पुस ८ गते दिउँसो १२ बजे भर्ना भएकोमा राति २ बजे शल्यक्रिया गरी बच्चा निकालिएको थियो। दुवै जनाको उपचार राम्रैसँग भइरहेको अवस्थामा शल्यक्रियाको करिब १२ घण्टापछि उनीहरूको पिसाब बन्द भएको र त्यसपछि अवस्था बिग्रिएको अस्पतालले जनाएको छ।

पीडित पक्षले शल्यक्रियामा संलग्न चिकित्सक डा लक्ष्मी थापा गुप्ताको लापरवाहीले गर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाएको छ । अस्पतालले भने घटना आफैँमा दुःखदायी भएको र यस्तो घटनाले अस्पताल व्यवस्थापन पक्ष पनि स्तब्ध भएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*