तरुण दलको स्थानीय तह लक्षित जागरण अभियान 

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार २२:१२
;

नेपाल तरुण मकवानपुरले आगामी महिना जिल्लाको सबै स्थानीय तहमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । 

जिल्लाको १० वटै स्थानीय तहमा जागरण अभियान सञ्चालनको लागि तरुण दलले दुइजनाका दरले जिल्ला प्रतिनिधि खटाएको जनाएको छ ।

चितवनको सौराहामा आज शनिबार भएको तरुण दल मकवानपुरको जिल्ला कार्यसमिति बैठकले एक महिने युवा जागरण अभियानको घोषणा गरेको हो । तरुण दलले खटाएको प्रतिनिधिहरुले सबै स्थानीय तहका समितिसँग समन्वय गरी भेला, अन्तरक्रिया, संगठन विस्तार लगायतको काम गर्नेछ ।

त्यस्तै ‘स्थानीय तहहरुले गरेको कामको समीक्षा, स्थानीय तहका अनियमितताको खुलासा गर्ने कार्यक्रम तय गरेको तरुण दल मकवानपुरले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*