हेटौंडाको बसामाडिमा ट्रक दुर्घटना, ३ जना घाइते

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार १७:०६
;

हेटौँडाको बसामाडिमा दुई ओटा ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना गम्भिर घाइते भएका छन् । हेटौँडाबाट पोखरा जाँदै गरेको ना ७ ख ३२८ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ख २७९६ नम्बरको ट्रक हेटौँडा उपमहानगरपालिका वडा नं.३ बसामाडिमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

""

आज बिहान करिब साढे ६ बजे भएको घटनामा ३२८ नम्बरको ट्रकका चालकको अवस्था गम्भिर छ भने  सहचालक घाइते भएका छन् । घाइते हुनेमा ३२८ नम्बरका चालक डडेलधुरा अमरकट्टि नगरपालिका ७ का ३९ बर्षीय मेघराज भट्टराई, २७९६ नम्बरको ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालका ९ ज्यामिरे का २७ सत्य कुमार थापा क्षेत्री  र सहचालक मनहरी ९ ज्यामिरेकै २० बर्षीय अन्जल सुनार रहेका छन् । उनीहरुको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।  

यसमा तपाइको मत

Your email address will not be published.


*