हेटौंडा भित्रका सामुदायिक विद्यालयहरुमा शोक विदा
हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई आज आइतबार विदा दिइएको छ । हेटौंडा- ७ मा रहेको नव ज्योति माध्यमिक विद्यालयका शिक्षक राजकुमार घिमिरेको निधनको कारण नेपाल शिक्षक महासंघ, हेटौंडा नगर समितिले हेटौंडा नगर भित्रका सामुदायिक विद्यालय शोकमा विदा दिइएको हो ।
मिर्गौला सम्बन्धित रोगबाट ग्रसित रहेका घिमिरे हेटौंडा उपमहानगरपालिका ७ स्थित नव ज्योति माध्यमिक विद्यालयमा गणित विषयका शिक्षक थिए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष दिपक अधिकारी र सचिव अमित बन्जाराले एक सुचना जारी गर्दै शोक सभा गरेर विदा गरीएको जनाएको छ ।











