एक स्टाफ नर्स मृत अवस्थामा फेला 

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार २०:४०
;

धनगढीमा एक जना स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन् ।

धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा काम गर्दै आएकी ऐर धनगढी उपमहानगरपालिका–५ तारानगरको ऐश्वर्या स्कुल नजिकै आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

बन्द कोठा भित्र सुतेकै अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*