नेवि संघद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघद्वारा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्ष तोडफोड गरिएको छ ।
राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले आइतबार उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको हो ।
उपकुलपति बाँस्कोटाको सिफारिसमा गत शुक्रबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गरेका थिए।
अयोग्य व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेपछि बाध्य भएर विरोध गर्नुपरेको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले बताए। त्रिवि परिसरभित्रै प्रहरी चौकी राखिएकोमा पनि नेविसंघले विरोध गरेको छ।










