ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–२ का १८ वर्षीय रुपेश चौधरी माझीको मृत्यु भएको हो ।
रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको ३८ प १७७ नम्बरको स्कुटरलाई विपरित दिशाबाट जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जनाएको छ ।
घाइते भएका स्कुटरको पछाडि सवार दुहवी–७ का १७ वर्षीय चन्द्रप्रकाश चौधरीको कोशी अस्पताल मा उपचार भइरहेको छ । ट्याक्टरलाई नियन्त्रणमा लिइएकोे र फरार रहेका चालक सुनवर्षी नगरपालिका–९ डाइनियाका ३५ वर्षीय प्रकाश शर्माको खोजी भइरहेको प्रहरी निरीक्षक दाहालले जानकारी दिए।