विप्लव समूहका तीन कार्यकर्ता पक्राउ 

हेटौडा न्युज
१४ पुष २०७६, सोमबार १८:४९
;

नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट,  केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जनाएको छ  । 

यसमा तपाइको मत

Your email address will not be published.


*