प्रयोगात्मक अभ्यासको क्रममा एक विद्यार्थीको मृत्यु

हेटौडा न्युज
१४ पुष २०७६, सोमबार १९:०५
;

प्रयोगात्मक अभ्यास गर्न महाकाली नगरपालिका ३ चाँदनी गएका कञ्चनपुरका एक विद्यार्थीको मृत्यु भएको छ । कञ्चनपुरको वैजनाथ इन्जिनियरिङ कजेलका विद्यार्थी २९ वर्षीय तेजराज जोशी लागेर मृत्यु भएको हो । 

आइतबार दिउँसो साढे दुई बजे कृष्णपुर नगरपालिका १ दोमिल्लाकाका जोशी कलेजबाट ओजेटी (प्रयोगात्मक अध्यास) गर्न महाकाली नगरपालिका ३ मा पुगेका थिए।

सो स्थानमा सडक निर्माणको काम हुँदै थियो। अभ्यासकै क्रममा उनले बाटो नाप्ने मेसिन काँधमा लिदै हिडीरहेका उनको मेसिनले तारमा छोएपछि उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। जोशीको घटनास्थलमै मृत्यु भएको थियो  । उनलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको  प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*