चिसोका कारण तराईमा चार जनाको मृत्यु

१४ पुष २०७६, सोमबार १९:४७
अत्याधिक चिसोका कारण तराई क्षेत्रमा चार जनाको मृत्यु भएको छ । चिसोका कारण धनुषा, पर्सा र बारा गरी चार क्षेत्रका व्यक्तिहरुको मृत्यु भएको हो ।
जनकपुर उपमहानगरपालिका-२३ की ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको छ ।
बारा र पर्सामा परिचय नखुलेका अन्य दुई जनाको शव फेला परेको छ । उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।