‘सेनेटरी प्याडको बजेट अन्यत्र प्रयोग नगरौं’: मन्त्री पोखरेल

हेटौडा न्युज
१४ पुष २०७६, सोमबार २२:१४
;

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह स्थानिय तहहरुलाई आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयहरूका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरूलाई आग्रह गरेका हुन् ।

सेनिटरी प्याड अभावमा छात्राहरूको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उनले आग्रह गरे । ‘सेनेटरी प्याडकै कारण छात्राहरूको पढाइ छुट्यो भन्ने कुरा सुन्नु नपरोस् । जुनसुकै अवस्थामा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो,’ उनले भने ।

मन्त्री पोखरलेले कार्यक्रम कार्यान्वयन गर्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । एउटा पालिकाले अर्को पालिकासँग मिलेर हुन्छ वा निजी क्षेत्र, यो क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरूबीच पनि साझेदारीका रूपमा लैजान सके यो दिगो र टिकाउ हुने उनको भनाइ थियो । 

मन्त्रालयले बनाएको मापदण्डभित्र रहेर उत्पादन गर्न आग्रह गर्दै मन्त्री पोखरेलले गुणात्मक रूपमा एकरति पनि कमी हुन नहुने बताए । नेपालका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट शुभारम्भ गरिएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*