विप्लव समुहका जिल्ला सचिवद्वारा आत्मसमर्पण
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिवद्वारा जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरिएको छ ।
गलकोट नगरपालिका–४ का सहलबहादुर सुनारले विप्लव समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।
सो अवसरमा उनले जारी गरेका प्रेस विज्ञप्तिमा ‘नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु’, भन्ने उल्लेख छ ।