नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई भ्रमण वर्ष २०२० रौनकले छोएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ ।
राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । रातो पहिरनमा उनी निकै खुलेकी छन् ।
तस्विरका साथमा राजदूत होउले भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् ।