एनसेलले तिर्यो  ४ अर्ब ५० करोड कर 

हेटौडा न्युज
१५ पुष २०७६, मंगलवार २२:१४
;

एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा  ठूला करदाता कार्यालयले पत्राचार गरेको थियो ।

तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ । किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*