नारायणी यातायात ब्यावसायी संघद्वारा एसपि राठौरको स्वागत

हेटौडा न्युज
१५ पुष २०७६, मंगलवार २२:५०
;

नारायणी यातायात ब्यावसायी संघ मकवानपुरद्वारा नव आगन्तुक जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपि) सुशिल सिंह राठौरको स्वागत गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै संघले प्रहरी प्रमुख राठौरको स्वागत गरेको हो । कार्यक्रममा संघका अध्यक्ष हिरालाल श्रेष्ठले  प्रहरी प्रमुख राठौरको सफल कार्याकालको शुभकामना सहित संघले स्थापनाकाल देखि नै गरेका कामको बारे प्रष्ट्याएका थिए ।

""

श्रेष्ठका अनुसार संघले सवारी दुर्घटनाका घाइतेहरुको उपचार र मृतक परिवरमा सहानुभूति संगै सहयोग रकमको व्यवस्था गर्ने गरेको बताएका छन् । श्रेष्ठले भने संघले शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको सहयोग बारे जानकारी गराएका थिए ।

कार्यक्रममा एसपी राठौरले ट्राफिक नियमको पालना गरि दुर्घटना घटाउनु पर्ने, दुर्घटना पश्चात् पीडितलाई राहत स्वरुप तत्काल सेवा पुर्याउन प्रहरी संघसंग सहकार्य गर्न सधै तयार रहेको बताएका छन् ।

कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*