प्रदेश ३ को भ्रमण वर्ष २०२० को उद्घाटन सौराहाबाट, यस्तो छ कार्यक्रम तालीका
प्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन चितवनको सौराहाबाट गर्दैछ । प्रत्येक प्रदेशमा एकैसाथ भ्रमण वर्ष २०२० को समुद्घाटन हुदैछ ।
सोहि अनुसार जनवरी १ तारीख (पुस १६ गते ) चितवनको सौराहामा अपरान्ह ४ बजे प्रदेश ३ का प्रदेश सभाका सभामुखको प्रमुख आतिथ्यता तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको उपस्थितिमा भव्य उद्घाटन गर्ने तयारी गरीएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले केहि समय अघि सार्वजनीक गरेको कार्यक्रम तालीका अनुसार जनावरी १ तारीखमा चितवनको भरतपुर विमानस्थल सहित रसुवा नाका, तातोपानी नाकामा विदेशी पर्यटकलाई स्वागत, मायाको चिनो तथा संस्कृतिक खाना खुवाउने तथा होडिङ्ग बोर्ड स्थापना गर्ने कार्यक्रम, मकवानपुरको इन्द्रसरोवर र काभ्रेमा जनावरी १ मा स्तम्भ निर्माणको शिलान्यास, चितवनको सौराहामा जनावरी १ देखी ४ तारीख सम्म सौराहा वाक तथा हात्ती सुन्दरी प्रतियोगीता लगाएतका कार्यक्रम गरी ८ वटा कार्यक्रम तय भएका छन् ।
भ्रमण वर्ष २०२० का लागि प्रदेश तथा स्थानिय तहमा भ्रमण वर्ष २०२० तयारी समिती गठन गरी काम सुरु गरीसकेको मन्त्रि नेपालले बताएका छन् ।
आज डिसेम्बर ३१ मा भने काठमाडौंको ठमेलमा सहभागि भएका विदेशी तथा स्वदेशी पर्यटकलाई कल्चरल डान्स तथा साँस्कृतिक कार्यक्रम गरि मनाउने तयारी रहेको छ ।
मन्त्रालयका अनुसार चितवनमा फस्ट फ्लाइट २० जनालाई निशुल्क जंगल सफारी तथा हात्ती सफारी गराउनुका साथै एक रात बस्ने व्यवस्था समेत गरको जनाएको छ ।
यस्तो छ कार्यक्रम तालीका
सम्बन्धित जिल्लाका माननिय, जिसस प्रमुख, प्रजिअ, स्थानिय तह प्रमुख, राजनितिक दलका प्रमुख, होटल एशोसियसन, पत्रकार, उद्योगी, पर्यटन संग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा सफलताका साथ भ्रमण वर्ष मनाउने मन्त्रालयले जनाएको छ ।