हेटौंडामा उद्योग भित्र्याउन स्थानीय सरकार तयार छ : मेयर महत
कुल ९५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उद्योग संघ मकवानपुरको भवन उद्घाटन् गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नव निर्मीत भवनको आज उद्घाटन् गरेका हुन् ।
कार्यक्रमको उदघाटन गर्दै मेयर महतले भने हेटौंडामा उद्योग भित्रयाउन स्थानीय सरकार तयार छ । रोजगारी अभावका कारण विदेश पलाएन हुनुपर्ने समस्या रहेको बताउदै रोजगारीको सिर्जना गर्नका लागि औधोगिक क्षेत्रहरुको विकास गर्नमा जोड दिनुपर्ने बताएका छन् ।
भवनमा ९५ लाख खर्च भईसकेको र अझै भित्री काम गर्न २० लाख रुपैयाँ भन्दा बढी रकम लाग्ने उद्योग संघ मकवापनुरका अध्यक्ष नवराज अर्यालले बताए ।
कार्यक्रममा उद्योग संघका पूर्व अध्यक्षहरु माधव अधिकारी, ऋसीराबम घिमिरे, नेपाली कांग्रेश मकवापनुरका सभापति रामचन्द्र अर्याल माइकल, नारायणी यातायात व्यावसायी संघ हेटौंडाका निवर्तमान अध्यक्ष बद्री चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।