‘मकवानपुर र चितवनबाहेकका जिल्लालाई प्रदेशको राजधानी हेटौंडा उपयुक्त छैन,’ सांसद लामा

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार १९:४२
;

प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र प्रदेशको राजधानी हेटौंडा नै कायम गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णय पार्टीभित्रै विवादित बनेको छ । 

प्रदेश सभाको क्षेत्राधिकारविपरीत प्रदेशको नाम सम्बन्धमा पार्टीले केन्द्रबाट हस्तक्षेप गरेको भन्दै नेकपाका प्रदेश सभा सांसदहरू आक्रोशित  बनेका छन् । 

आइतवार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने र प्रदेशको राजधानी हेटौंडा नै कायम गर्ने निर्णय सचिवालयका तीन सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले प्रदेशको नाम र राजधानी सम्बन्धमा पार्टीले केन्द्रबाट हस्तक्षेप गर्न नहुने धारणा राखेका थिए । 

‘प्रदेशको नाम राख्ने र राजधानी तोक्ने विषय प्रदेश सभाको अधिकार हो, यस विषयमा हामीले हस्तक्षेप नगरौं,’ तीन नेताले सचिवालय बैठकमा भनेका थिए ।

प्रदेश ३ को नाम र राजधानीबारे नेकपाको निर्देशनलाई लिएर अन्य प्रदेशमा समेत बहस सिर्जना भएको छ । 
२१ गतेदेखि शुरू हुने प्रदेश सभाको हिउँदे अधिवेशनको मुख्य कार्यसूची प्रदेशको नाम र राजधानीको निर्णय गर्नेगरी तयारी भएको प्रदेश सभा सचिवाल स्रोतले जानकारी दियो ।’ 

प्रदेशको नाम बाग्मती राख्ने निर्णय नेकपाले गरेपछि मंगलवार काठमाडौंमा ‘पहिचान पक्षधर’ समुदायले प्रदर्शन समेत गरेका थिए । उनीहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्ने माग गरे ।

नेकपाकै सांसद् चन्द्रबहादुर लामाले हेटौंडालाई राजधानी कायम गर्ने निर्णय आफूहरूलाई मान्य नहुने चेतावनी दिए । 

‘मकवानपुर र चितवनबाहेकका जिल्लालाई प्रदेशको राजधानी हेटौंडा कुनै हालतमा उपयुक्त छैन,’ लामाले  भने, ‘काभ्रेलाई राजधानी बनाउँदा सबैलाई उयपुक्त हुन्छ ।’

प्रदेश सभाको क्षेत्राधिकारविपरीत नेकपाले प्रदेशको नाम र राजधानी सिफारिश गरेको भन्दै नेपाली कांग्रेस लगायतका दलले पनि आलोचना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*