नेपालमा पनि इस्वी संवत लागू गर्न डा. भट्टराईको प्रस्ताव

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार २१:०६
;

इस्वी संवत २०१९ बिदा भएर २०२० आजबाट भएसँगै सामाजिक सञ्जालमार्फत एकअर्कालाई शुभकामना आदानप्रदान गर्ने क्रम चलिरहेको छ ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नयाँ वर्षको शुभकामनासँगै नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउनुपर्ने मत व्यक्त गरेका छन् ।

टि्वटरमा डा. भट्टराईले लेखेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्वभर छाएको इस्वी संवतलाई प्रशासनिक/आर्थिक क्यालेन्डर बनाउँ । नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष, इत्यादी सम्धीका गफ मात्रै होलान् है ।’

""

Baburam Bhattarai@brb1954

यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ.सम्धीका गफ मात्रै होलान् है!

412

9:58 AM – Jan 1, 2020

साथै उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् ।

यसो गरे कसो होला ? भन्दै उनले ‘नेपालमै जन्मेको नेपाल सम्वत तथा भारतीय उपमहाद्वीपमा प्रचलित विक्रम सम्वतई सांस्कृतिक क्यालेन्डर बनाउन’ प्रस्ताव गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*