नेपाल भ्रमण वर्ष २०२० : थाहा नगरको सिमभन्ज्याङमा उपमेयर गोपालीद्वारा पर्यटकलाई स्वागत 

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार २१:३२
;

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरले १० सदस्यीय भारतीय पर्यटकहरुको स्वागत गरेको छ । बुधबार बिहानै थाहा नगरपालिका उपमेयर खड्गबहादुर गोपाली, वडाध्यक्ष विनोद लामा लगायतको टोली होटलमै पुगेर नेपाल आएका पर्यटकलाई एक्कासी स्वागत गर्दा उनीहरु अचम्मित बनेका थिए ।  

नगरपालिकाले नयाँ वर्ष मनाउन आएका पर्यटकलाई पुष्पगुच्छा र खादासहित पर्यटकलाई स्वागत गरेको हो । थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ चित्लाङसहितका गाउँका सांस्कृतिक पहिचानसहित गन्तव्य चिनाएको हो ।

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरले आफ्नो क्षेत्रमा ६२ वटा प्रर्यटकीय गन्तव्य देखाउँदै पर्यटकको स्वागत गरेको छ । थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ चित्लाङसहितका गाउँका सांस्कृतिक पहिचानसहित गन्तव्य चिनाएको हो ।

थाहा नगरपालिकाले भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात जनवरी फष्टमा सिमभन्ज्याङ, दामन र चित्लाङमा आउने पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम राखेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*