‘प्राध्यापक र कर्मचारीको माग छिट्टै पूरा गर्छौ’ : काठमाडौं विश्वविद्यालय

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार २१:५९
;

काठमाडौं विश्वविद्यालयले प्राध्यापक संघ र कर्मचारी संघको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ । कर्मचारी र प्राध्यापक संघले विश्वविद्यालयले आफूहरुसँग गरेका सम्झौता पालनामा बेइमानी गरेको भन्दै सबै केन्द्रीय प्रशासनमा हिजोदेखि अनिश्चितकालीन तालाबन्दी गरेपछि विश्वविद्यालयले माग पूरा गर्ने प्रतिवद्धता विज्ञप्ती मार्फत जनाएको हो । 

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले आज विज्ञप्ती जारी गर्दै कर्मचारी र प्राध्यापकसँग गरेका सम्झौता कार्यान्वयनमा विश्वविद्यालय प्रतिबद्ध भएको र एक महिनाभित्र विशेष सभा बोलाई बृहत छलफलबाट निकाश दिने उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*