हेटौँडा उपमहानगरमा बाँध निर्माण सुरु

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार २२:१४
;

वर्षेनी करीब ७०० घर डुबानमा पार्ने हेटौँडा उपमहानगरपालिकाको क्याम्पाडाँडामा रु एक करोड २५ लाखको लागतमा बाँध निर्माणकार्य सुरु भएको छ । बाढी–पहिरोबाट वर्षैपिच्छे हुने डुबान र पहिरोबाट मुक्त पार्न उपमहानगरपालिकाले क्याम्पाडाँडाबाट गर्दोसम्म बाँध निर्माण गर्न लागेको हो ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जनताको सेवा, सुरक्षा तथा विकास गर्नु आफ्नो दायित्व रहेको बताउँदै जनतालाई बाढीपहिरोबाट सुरक्षित गर्न आफू गम्भीर रहेको बताए ।

क्याम्पाडाँडाका रामबहादुर विष्टले ढिला भए पनि उपमहानगरपालिकाले शुरु गरेको यो काम सराहनीय भएको र छिटो सम्पन्न गरिनुपर्ने बताए । त्यस्तै हेटौँडा कर्राखोलाबाट वर्षायाममा हुने डुबान समस्या समाधान गर्न त्यहाँका जनताले माग गर्दै आएका छन् ।

यसैबीच मकवानपुर क्षेत्र नं २ मा चालू आर्थिक वर्षमा सङ्घीय सरकारको लगानीमा छ ठूला पक्की पुल निर्माणकार्य शुरु भएको छ । सङ्घीय सरकारले चालू आवको बजेटमार्फत छ पुल निर्माण गर्न लागेको हो । पुल अभावका कारण समस्या झेल्दै आएका स्थानमा मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको हो ।

स्थानीय क्षेत्रमा खोला तर्न वर्षौँदेखि समस्या भोग्दै आएका नागरिकको सहुलियतका लागि सङ्घीय सरकारले उक्त पुल निर्माण गर्न लागेको हो ।

सङ्घीय सरकारको करीब रु एक अर्बको लागतमा छ स्थानीय तहमा उक्त पुल निर्माण गर्दा हजारौँ नागरिकलाई फाइदा पुग्ने कैलाश गाउँपालिकाका राम हुमागाईँले बताए । केही पुलको बोलपत्र आह्वान भइसकेको छ भने केहीको निर्माणकार्य सुरु भएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*