दुर्घटनामा परी २२ वर्षिया युवतीको मृत्यु, ठक्कर दिने कार फरार

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार १७:५५
;

सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । बुधबार राति बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएपछि स्कुटरमा सवार बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो ।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको उक्त कारले बेसक्याम्प चोकबाट सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जनाएको छ । 

स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको छ छिट्टै नियन्त्रणमा लिइने भट्टराईले बताए।

 

यसमा तपाइको मत

Your email address will not be published.


*