सरकारी निकायसँग छैन नागरिकताकै अभिलेख, डिजिटल प्रविधि प्रयोग गर्न ढिलो भयोः प्रमुख सचिव राई 

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार १८:२७
;

नागरिकताकै अभिलेख सरकारी निकायसँग नभएको र अब डिजिटल प्रविधिबाट महत्वपूर्ण कागजातको अभिलेख राख्नुपर्ने प्रदेश ३ का प्रमुख सचिव तोयम राईले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीवार हेटौंडामा आयोजना गरेको सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचिव राईले सबै सरकारी निकायले सञ्चार प्रविधिलाई उचित प्रयोग गर्न नसकेको र प्रविधि अनुसार समयसापेक्ष रुपमा काम गर्नु पर्ने बताएका हुन् ।

उनका अनुसार सबै निकायसँग नागरिकताकै अभिलेख नभएको र अब डिजिटल प्रविधिको व्यवस्था अपनाउनु पर्ने बताएका हुन् । नागरिकताकै अभिलेख सबै निकायसंग नहुदा विभिन्न समस्या आएकोले अब डिजिटल प्रविधि लागु गर्न ढिलो भएको बताएका हुन् ।

पत्रकारहरुले सरकारी निकायसँग सूचना माग गर्दा सूचनाको हक प्रयोग गर्नुपर्ने अवस्थाको सृजना गर्न नहुने र सबै निकायले पत्रकारलाई हरेक सूचना छिटो उपलब्ध गराउन प्रमुख सचिव राईले निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा प्रदेश ३ का प्रेस रजिष्ट्रार रेवति सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभरका पत्रकारहरुको अभिलेख राख्नुपर्ने र प्रविधिले अपराध पनि बढाएको भन्दै यसलाई व्यवस्थित गर्दै नियमन गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा आम सञ्चार नीति २०७३, डिजिटल हस्ताक्षर, सूचनाको हक कार्यान्वयनमा सेवा प्रदायकको भूमिका र वर्तमान अवस्था, इमेल निर्देशिका, विज्ञापन (नियमन) ऐन २०७६ र डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी प्रस्तुती दिइने छ ।

कार्यक्रममा प्रदेश ३ भित्रका मन्त्रालय, सरकारी निकाय, पत्रकारलगायतकाको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*