एसपी मल्ललाई प्रदेश प्रहरी कार्यालय हेटौंडाको १२ घण्टाभित्र रमाना हुन निर्देशन

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार १८:४५
;

चितवनका एसपी दानबहादुर मल्ल सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ ।

गत साता प्रहरी प्रधान कार्यालयले एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । मल्लले रमाना नलिएकै कारण चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न नपाएको  ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ  ।

""

प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन निर्देशन दिएको छ । यो पत्रअनुसार उनले आजै साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्नेछ ।

गत पुस ४ गते मल्लसहित २४ एसपीको सरुवा भएकोमा मल्ल भने अहिलेसम्म चितवनमै छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*