चप्पल लगाएर यातायात चलाउन नपाइने
अब सार्वजनिक यातायात चलाउँदा अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने व्यवस्था गरिएको छ । चप्पल लगाएर सवारीसाधन चलाउँदा दुर्घटना भएका कारण दुर्घटना हटाउनको लागि यो नियम लागू गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जनाएको छ ।
यो विषयमा यातायात व्यवसायीसँग छलफल गरेर सम्बन्धित कार्यालयहरु र ट्राफिक प्रहरीलाई समेत चिठी पठाई सकिएको हमालले बताए । सुरक्षाको दृष्टिकोणले जुत्ता लगाएर सार्वजनिक यातायात चलाउनुपर्ने निर्णय ठीक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
सिटौलाले भने : ‘यात्रुको ज्यानको सुरक्षाको लागि हो भने हामी यो नियम मान्न तयार छौँ, तर सार्वजनिक यातायात मात्र दुर्घटना हुने होइन। निजी गाडी चलाउनेको हकमा पनि यो नियम लागू गर्नु पर्छ,’