कर्णाली नदीमा खस्यो जिप, चारजनाको मृत्यु, एक बेपत्ता

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार २०:२९
;

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा भएको दुर्घटनामा से १ ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेपछि चारजनाको घटना स्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप कर्णाली नदीमा खसेको हो। दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् ।

मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको र घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको भाटले जनाएको छ । 

हराइरहेका एक जनाको खोजीमा  लागिरहेको प्रहरीले जनाएको छ 

यसमा तपाइको मत

Your email address will not be published.


*