प्रहरी निरीक्षक र जवानविरुद्ध भ्रष्टचारको मुद्धा

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार २२:१८
;

५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

सर्लाहीको त्रिभुवननगर प्रहरी  चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक सिंह र जवान यादवले भारतीय सीमा बजारबाट घरासयी सामान ल्याउने क्रममा घुस नदिए लागूऔषध मुद्दा चलाउने धम्की दिँदै सेवाग्राहीलाई कुटपिटसमेत गरेको भन्ने सूचनाको आधारमा बर्दिवासबाट खटेको आयोगको टोलीले सिंह र यादवलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा सिंह र यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको तथ्य प्रमाण फेला परेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम सजाय हुन मागदाबीसहित उनीहरुविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*