मकवानपुरको सिमभञ्ज्याङमा हिउँ
हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार १८:१९
मौसमी बदली भएसँगै मकवानपुको हेटौँडा लगायत विभिन्न स्थानमा बर्ष भइरहेको छ ।
शुक्रबार विहानै देखि भईरहेको बर्षाका कारण चिसो बढेको छ । मौसमा आएको परीवर्तनसंगै मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरमा हिमपात सुरु भएको छ । थाहा नगरपालिकाको सिमभञ्ज्याङमा हिउँ पर्न सुरु भएको हो ।
मकवानपुरको पर्यटकको मुख्य गन्तव्यको रुपमा परीचित सिमभञ्ज्याङमा बिहानीको वर्षासँगै हिमपात सुरु भएको हो ।