हुम्लामा हिमपात,  सवारी नचलाउन स्थानीय प्रशासनको आग्रह

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार १८:४०
;

हिमाली जिल्ला हुम्लामा हिमपात भैरहेकोले सवारी साधन नचलाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ ।

आन्तरिक रुपमा सञ्चालन हुँदै आएका सडक चिप्लो हुने भएको कारण हुन सक्ने संभावित  दुर्घटनाबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालयले यस्तो उर्दी जारी गरेको हो । 

हिमपात भैरहेको कारण गाडी नचलाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आफ्नो फेसबुक वालमार्फत सबै गाडी धनीहरुलाई अनुरोध गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*