काठमाडौंका लागि उडेका दुईवटा विमान जनकपुरमा आकस्मिक अवतरण

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार २१:३६
;

काठमाडौँका लागि उडेका यति एयरलाइन्सका दुइटा विमान मौसमको खराबीका आकस्मिक डाइभर्ट गरिएको छ ।  छुट्टाछुट्टै स्थानबाट उडेका विमान मौसमको खराबीका कारण जनापुरधाममा आकस्मिक डाइभर्ट गरिएको हो । 

नेपालगञ्ज र  तुमलिंगटारबाट काठमाडौँको लागि उडेका दुईवटा विमान मौसम खराबीको कारण जनकपुरमा अवतरण गरिएको जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार काठमाडौँ विमानस्थल खुल्दै गएकाले नेपालगञ्जबाट उडेको विमान भने केहीबेरमै काठमाडौँका लागि फेरि उडिसकेको छ भने अर्को पनि उड्ने तयारीमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*